Like us!
Follow us!
Connect us!
Watch us!

मुलकोटको अक्क्षित रिसोर्टमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई २०% सम्म छुट

अर्थ संसार

विहीबार, ०५ जेठ २०७९, १३ : १० मा प्रकाशित

मुलकोटको अक्क्षित रिसोर्टमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई २०% सम्म छुट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मुलकोटमा रहेको अक्क्षित रिसोर्ट एण्ड र्याफ्टिङ्ग बिच बैंकका ग्राहकहरुलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टका प्रोपाइटर रश्मी बस्नेतबीच हस्ताक्षर भएको छ ।  

सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले डिजिटल माध्यम (मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, क्रेडिट कार्ड, कनेक्ट आइपिएस)बाट रकम भुक्तानी गर्दा रिसोर्टले पेय पदार्थमा १० प्रतिशत, खानामा १५ प्रतिशत र कोठामा २० प्रतिशत छुट प्रदान गर्नेछ ।

कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु दुर्गाकुमारी कँडेल, सरोज वस्नेत, रिसोर्टका रामप्रसाद नेपाल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।
    
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको