Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता

अर्थ संसार

शुक्रबार, ०६ जेठ २०७९, १७ : ०७ मा प्रकाशित

आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता

आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच पार्ट्नर बैंक सम्झौता भएको छ । हालै राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सम्झौतापत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सि.सि.बि.एल.को तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर के.सीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोबाईल वालेट एपमा सेञ्चुरी कमर्सिअल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधाहरु आइएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले प्रष्टाएको छ ।

हालसम्म नेपालको २३ वटा बैंक तथा वित्तिय संस्थाहरुसँग सो सम्झौता गरेको आइएमई पेले यस लिंक–अपको विभिन्न फाइदाहरु भएको जनाएकाे छ । आइएमई पेमा बैंक लिंक गरे पश्चात उपभोक्ताले आफ्नो सुविधा अनुसार सेञ्चुरी कमर्सियल बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्छ ।

उपभोक्ताले सिधै आइएमई पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) तथा आफ्नो सेञ्चुरी कमर्सियल बैंकको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न मिल्ने गरी सिस्टम अध्यावधिक गरिएको जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको