Like us!
Follow us!
Connect us!
Watch us!

यो मनसुनमा बाढीपहिरोबाट १७ लाखभन्दा बढी प्रभावित हुने अनुमान

पत्रपत्रिका

मंगलबार, १० जेठ २०७९, ०८ : ०७ मा प्रकाशित

यो मनसुनमा बाढीपहिरोबाट १७ लाखभन्दा बढी प्रभावित हुने अनुमान

आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपत्बाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको प्राकृतिक विपत्मा १७ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।


गृह मन्त्रालयको संयोजन र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा बनेको प्रतिकार्य योजनाले अनुमानित क्षति र प्रभावलाई कम गर्नेगरी तयारी गरेको छ । यस पटक पहाड र हिमालभन्दा पनि तराईमा बढी वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। सोहीअनुसार तराई भेगमा रहेको अत्यधिक जनसङ्ख्या बाढी र डुबानको चपेटामा पर्ने अनुमान गरिएको प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले बताए।

उनका अनुसार प्राधिकरणले सबै सरोकारवाला निकायसँगको समन्वयमा तयार पारेको मनसुन प्रतिकार्य योजना कार्यकारी समितिले पारित गर्न बाँकी छ। स्थानीय निर्वाचन र अन्य कार्यालय कामको व्यस्तताका कारण समितिको बैठक बस्न सकेको छैन । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको