Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरो : क्षतिको निरीक्षण गर्न आज कर्णाली र सुुदूरपश्चिम जाँदै प्रधानमन्त्री देउवा

अर्थ संसार

विहीबार, ०४ कार्तिक २०७८, ०९ : ४३ मा प्रकाशित

बाढीपहिरो : क्षतिको निरीक्षण गर्न आज कर्णाली र सुुदूरपश्चिम जाँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार कर्णाली र  सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा जाँदैछन् । उनी काठमाडौंबाट सुर्खेत जानेछन् । सुर्खेतबाट दिपायल जाने कार्यक्रम छ ।

उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायरलाई लिएर निरीक्षणमा जान लागेका हुन् । त्यस क्रममा देउवाले डाेटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन् ।

मनसुनपछिको वर्षासँगैको बाढीपहिरोले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ । सुदूरपश्चिम प्रधानमन्त्री देउवाको गृह प्रदेश पनि हो । देउवा भोलि शुक्रबार मात्र काठमाडौं फर्कनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको