Like us!
Follow us!
Connect us!
Watch us!

नाइजेरियाको बाढीमा ६०० भन्दा बढीको मृत्यु

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, ०६ : ५४ मा प्रकाशित

नाइजेरियाको बाढीमा ६०० भन्दा बढीको मृत्यु

नाइजेरियामा एक दशकको सबैभन्दा खराब बाढीमा ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । बाढीका कारण १३ लाखभन्दा बढीलाई उनीहरूको घरबाट विस्थापित गरेको नाइजेरियाको मानवीय मामिला मन्त्रालयले ट्विटरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘दुर्भाग्यवश, आज अक्टोबर १६ सम्म ६०३ भन्दा बढीको ज्यान गएको छ’ मानवीय मामिला मन्त्री सादिया उमर फारुकले भने । गत साता सरकारले बाढीका कारण ५०० जनाको मृत्यु भएको जनाएको थियो ।

बाढीमा केही मानिसहरु हराइरहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्राप्त विवरणहरुमा जनाइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको