Like us!
Follow us!
Connect us!
Watch us!

रसुवा बाढीबाट २५० मेगावाट विद्युत प्राणालीबाट विच्छेद

अर्थ संसार

बुधबार, २५ असार २०८२, १६ : ३० मा प्रकाशित

रसुवा बाढीबाट २५० मेगावाट विद्युत प्राणालीबाट विच्छेद

मंगलबार बिहान आएको बाढीका कारण करिब २५० मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनबाट विच्छेद भएको छ । नेपाली विद्युत प्राधिकरणका अनुसार मंगलबार भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबाट सञ्चालित आयोजनाहरुबाट उक्त विद्युत विच्छेद भएको हो । 

प्राधिकरणका अनुसार ⁠रसुवागढी जलविद्युत् आयोजनाको हेडवक्र्स पूर्णरूपमा क्षति भएको छ । त्यस्तै ⁠चिलिमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी छिरेको छ भने ⁠त्रिशूली–३ ए जलविद्युत आयोजनाको ड्याम साइटको दुई वटा गेटमा क्षति पुगेको छ ।
यसैगरी ⁠त्रिशूली–३ बी को सबस्टेसनमा खोलाले धार परिवर्तन गरी सबस्टेसनभित्र छिरेको र हालसम्म १३२ केभीको बेलगायत संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार त्रिशूली करिडोरको रसुवागढी, त्रिशुलि–३ ए, देवीघाट, त्रिशूली लगायत निजी क्षेत्रको अपर मैलुङ टाडी गरी लगभग २५० मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको छ ।

२४ असारमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य तथा प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारि निर्देशक राजन ढकाल सहित उच्चस्तरीय प्राविधिक टोलीले क्षतिग्रस्त आयोजना निरीक्षण अनुगमन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको