Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन निष्पक्ष नभएको भन्दै पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, ०५ : ३६ मा प्रकाशित

निर्वाचन निष्पक्ष नभएको भन्दै पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगको आजको निर्णयअनुसार सो नगरपालिकाको निर्वाचन केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो । 

आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलकाअनुसार सो नगरपालिकामा यसअघि वैशाख ३० गते भएको निर्वाचन निष्पक्ष हुन नसकेकाले मतदान रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको छ । सो नगरपालिकाभित्र यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन गरेको छ । 

यसैगरी बाजुराका प्रमुख जिल्ला अधिकारी, त्यहाँका प्रहरी प्रमुख र सशस्त्र प्रहरी बलका प्रमुखलाई तीन दिन भित्र हटाई सो ठाउँमा जिम्मेवार कर्मचारीलाई खटाउन आयोगले सरकारलाई भनेको छ । निर्वाचनमा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेको आयोगको ठहर छ । 

ती पदाधिकारीहरुलाई तीन महिनाभित्र विभागीय कारवाही गरी आयोगलाई जानकारी गराउन पनि आयोगले सरकारलाई भनेको छ ।

आयोगको विज्ञप्ती:

629013f58c470.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको