Like us!
Follow us!
Connect us!
Watch us!

हामीसँग यत्रो कपडा उद्योग छ तर हामी विदेशी कपडा लगाउँछौ : जनार्दन शर्मा

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, १५ : ५४ मा प्रकाशित

हामीसँग यत्रो कपडा उद्योग छ तर हामी विदेशी कपडा लगाउँछौ : जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा यत्रा कपडा उद्याेगहरू हुँदा पनि नेपालीहरूले भने विदेशी कपडा लगाउने गरेका बताएका छन् ।  उनले अब विदेशी यस्ता कुराहरूलाई निरूत्साहित गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताएका छन् ।

अहिले सरकारले आयातलाई निरूत्साहन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीतिलाई प्राथमिकता दिएको बताउँदै मन्त्री शर्माले भने, "अब हामी हाम्रा स्वदेशी उत्पादनलाई विभिन्न सुविधा प्रदान गर्नेछौँ । जसले गर्दा उनीहरूलाई उत्पादनमा प्रोत्साहन मिलोस् ।"

उनी थप्छन्, "हामी आफैँले पनि सकेसम्म स्वदेशी उत्पादनहरूलाई प्राथमिकता दिने नीति लिएका छौँ । सकेसम्म विदेशी वस्तुहरूको प्रयोगलाई हामीले कटौती गर्दै लानेछौँ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको