Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीको प्रश्न : उत्पादन गर्नुपर्छ आत्मनिर्भर बन्नुपर्छ भन्नु के चुनावी हो ?

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, १६ : ०४ मा प्रकाशित

अर्थमन्त्रीको प्रश्न : उत्पादन गर्नुपर्छ आत्मनिर्भर बन्नुपर्छ भन्नु के चुनावी हो ?

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट चुनावी नभएर उत्पादनमुखी र आत्मनिर्भरमुखी रहेको बताएका छन् ।

सोमबार अर्थमन्त्रालयमा आयोजित प्रेस मिटमा बोल्दै उनले भने, "अहिले कतिपयले यो बजेटलाई चुनावी बजेट भएको आरोप लगाएका छन् । तर वास्तवमा यो चुनावी बजेट होइन धेरै कुराहरू पहिला कै निरन्तर भएका छन् ।" उनले प्रश्न गरे, "उत्पादन गर्नुपर्छ आत्मनिर्भर बन्नुपर्छ भन्नु के चुनावी हो र ?"

"अर्को कर्मचारीको तलब वृद्धिको कुरा छ यो पनि चुनावी होइन । कर्मचारीको तलब नबढेको ३ वर्ष भयो । एनले नै ३ वर्षमा तलब बढाउनुपर्ने व्यवस्था गरेको छ । हामीले त्यही कानुनी व्यवस्था बमोजिम नै तलब वृद्धि गरेका हौँ ।", मन्त्री शर्माले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको