Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको ‘फ्लेक्सी क्याप फण्ड’ बिहीबारबाट खुल्ने, १३६ प्रतिशत लाभांशकाे प्रक्षेपण

अर्थ संसार

बुधबार, १८ जेठ २०७९, ११ : ३४ मा प्रकाशित

एनआईसी एशिया बैंकको ‘फ्लेक्सी क्याप फण्ड’ बिहीबारबाट खुल्ने, १३६ प्रतिशत लाभांशकाे प्रक्षेपण

एनआईसी एशिया बैंक लिमिटेडले एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड भाेलि जेठ १९ गते, बिहीबारदेखि निष्कासन तथा बिक्री खुला गर्दैछ ।

फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । उक्त फण्डमा छिटोमा जेठ २४ गतेदेखि ढिलोमा असार २ गतेसम्म आवेदन दिन पाइनेछ  ।

उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ । इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन् ।

यस योजनाको अवधि ७ वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १ सय इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् । 

फण्डकाे योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । 

 

6296ff2e4483c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको