Like us!
Follow us!
Connect us!
Watch us!

करको दरमा हेरफेर : झन् महँगिदै यी सामानकाे मूल्य

अर्थ संसार

बुधबार, १८ जेठ २०७९, १३ : ५९ मा प्रकाशित

करको दरमा हेरफेर : झन् महँगिदै यी सामानकाे मूल्य

सरकारले बजेटमार्फत् करका दरहरु हेरफेर गरेकाे छ । आगामी आर्थिक वर्ष २०७९/८० काे बजेटमा सरकारले आयातलाई निरूत्साहन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीतिलाई प्राथमिकता दिएको छ ।  आर्थिक विधेयक, २०७९ अनुसार केही सामाग्रीहरूकाे कर वृद्धि गरिएकाे छ । 

करका दरहरु हेरफेर गर्दा निजी क्षेत्रलाई धेरै सहुलियत दिइएको छ । विलासी वस्तुहरूसहित अधिकांश वस्तुको भन्सार बढाइएको छ ।  अन्त:शुल्क दरमा गरिएकाे हेरफेरले गर्दा अब धेरै सामानहरूकाे मूल्य बढ्नेछ ।

मूल्य वृद्धि हुने सामानहरूमा जनता चढ्ने गाडीदेखि, प्रयाेग गरिने मेकअपका सामान र खाइने खानेकुरासम्म पर्दछन् । करका दरहरु हेरफेरले गर्दा अब खाने कुराहरूमा नरिवल, चुरोट, सिगार, वाइन, ओखर, काजु, पेस्ता लगायतका ड्राई फ्रुट, वेफर बिस्कुट, खोर्सानी, मरिच, बदाम, कफी, चिया, पान मसला, माछा, सीफुड दूध, नौनी जस्ता सामानहरूकाे मूल्य वृद्धि हुनेछ । 

यसैगरी, लगाउने कुरामा सृङ्गारका सामानहरू जस्तै, क्रिम, पाउडर, लाेसन, कपाल तेल, लिपिस्टिक,पाेलिस, साबुन, स्याम्पु, क्यानभासका जुत्ता जस्ता सामाग्रीहरूकाे मूल्य बढ्नेछ । 

यता डेकाेर, फर्निचर र हार्डवेयरकाे कुरा गर्नुपर्दा फलाम, फलामे डन्डी, ग्रील, फलामे जाली, तार, डाेरी, केबुल, इट्टा, सिमेन्ट, बाेर्ड, टिस्यु पेपर, फ्लाेरिङ, ट्वाइलेट पेपर, काठकाे फलेक, औजार जस्ता सामाग्रीहरूकाे भाउ बढ्नेछ । 

त्यसैगरी, सवारीकाे कुरा गर्नुपर्दा दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे कार, जिप भ्यानदेखि इलेक्ट्रिक गाडीकाे मूल्य वृद्धि हुनेछ । बजेटमा दुई पाङग्रेमा मोटरसाइकल, स्कुटरको इन्जिन क्षमता (सीसी) हेरी भन्सार शुल्क र अन्तःशुल्क दुबैमा न्यूनतम १० प्रतिशतदेखि २० प्रतिशतसम्मले वृद्धि गरिएको छ भने चार पाङ्ग्रेमा पनि न्यूनतम ५ प्रतिशतदेखि २० प्रतिशतसम्मले कर वृद्धि गरिएको छ । कर वृद्धि भएपछि यी सवारीकाे मूल्य पनि बढ्दछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको