Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलको मनसुन धमाका अफरः अनलिमिटेड डेटा र आकर्षक अलनेट भ्वाइस, एसएमएस बन्डल प्याकहरु

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, ०६ : ०८ मा प्रकाशित

एनसेलको मनसुन धमाका अफरः अनलिमिटेड डेटा र आकर्षक अलनेट भ्वाइस, एसएमएस बन्डल प्याकहरु

एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएकोछ जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटाप्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अलनेटप्याक बाट फाइदा लिन सक्छन् ।

यी प्याक हरु बिहिबार (जेठ१९) बाट संचालनमा रहनेछन्।ग्राहकका दैनिक डेटाको आवश्यकताको सहजरुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटाप्याकहरु रहेका छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले कर सहित रु २९ देखि रु ४८ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन् ।एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि ग्राहकले यो प्याक खरिद गर्न सक्नेछन्।

डेटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एकदिन समयसिमा रहेका तीन प्याकहरु पनि ल्याएको छ।यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनैपनि मोबाइल नेटवर्कमा अझै सुलभदरमा फोन गर्न र एसएमएस पठाउँन सक्छन्।

एनसेलका प्रिपेडग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकताअनुसार प्याक सुचारु गर्न सक्छन्।उनीहरुले करसहित रु १२ मा ३० मिनेट टकटाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, रु १४ मा १०० मिनेट टकटाइम र १०० एसएमएस वा रु २९ मा २९० मिनेट टकटाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याकलिन सक्छन् । यी अलनेट प्याकहरु एष्ट्रिक्स १७१११८ ह्यास डायल गरि सहजै लिन सकिन्छ । 

यस मनसुन धमाका अफरअन्तर्गतका डेटा प्याकहरुर अलनेटभ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेलएप, एनसेलको वेबसाइट र डिजिटलवालेटहरु जस्तै ईसेवा, खल्ती र आइएमईपेबाट पनि सुचारु गर्न सक्नेछन् ।

सुलभ शुल्कमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न मद्दत गर्ने यी प्याकरु ग्राहकका लागि सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षितरहेको एनसेलले जनाएकोछ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको