Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै

पत्रपत्रिका

विहीबार, १९ जेठ २०७९, ०७ : ०९ मा प्रकाशित

प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै

सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रतिनिधि सभा निर्वाचन आगामी १० मंसिरभित्रै गर्ने गरी अघि बढेका छन् ।

स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी १० मंसिरभित्रै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी छलफलमा जुटेका हुन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनको परिणामको समीक्षासहित प्रतिनिधि सभा निर्वाचन मितिबारे अनौपचारिक छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनतर्फ केन्द्रित हुन ढिला गर्न नहुने धारणा राखेका थिए ।

‘प्रधानमन्त्री र प्रचण्डको मत एउटै छ, सके कात्तिक अन्तिम नभए मंसिर पहिलो साता प्रतिनिधि सभा निर्वाचन गरौं भन्ने उहाँहरूको मत छ,’ कांग्रेस स्रोतले भन्यो । गठबन्धनको बैठकमा दसैं सकिए लगत्तै निर्वाचन कार्यक्रम सुरु गर्नेगरी निर्वाचन आयोगसँग प्रतिनिधि सभा निर्वाचनको मिति’दयगत परामर्श थाल्नुपर्ने विषयमा छलफल भएको थियो । सो छलफलअनुसार कात्तिक अन्तिमदेखि मंसिर पहिलो सातासम्मको समय सीमाबारे छलफल भएको हो ।

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले प्रतिनिधि सभा निर्वाचनबारे अनौपचारिक चर्चा र छलफल सुरु भएको जानकारी दिए ।

‘प्रतिनिधि सभा निर्वाचनबारे बैठकमा औपचारिक एजेन्डा त बनेको छैन तर अनौपचारिक चर्चा र छलफल हुन थालेको हो, अहिलेको प्रतिनिधि सभाका सदस्यहरूको पदावधि समाप्त हुने मिति कहिलेलाई मान्ने भन्ने मूल कुरा अहिले चर्चामा छ,’ माओवादी केन्द्रका नेता पोखरेलले राजधानीसँग भने ।

राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको