Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युतले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, के के छन् एजेन्डा ?

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, ०८ : ०२ मा प्रकाशित

आँखुखोला जलविद्युतले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, के के छन् एजेन्डा ?

आँखुखोला जलबिद्युत आयोजनाले गत दुई आर्थिक बर्षको बार्षिक साधारणसभा आह्वान गरेको छ । जेठ १८ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको १३ औँ र १४ औँ बार्षिक साधारणसभा असार १२ गते गर्ने निर्णय गरेको हो । 

कम्पनीको आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को १३ औँ र १४ औँ वार्षिक साधारणसभा अर्पण ब्याङ्क्वेट नयाँबानेश्व काठमौडौमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले दुवै आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु सभाले अनुमोदन गर्नुको साथै सर्वसाधारण समूहबाट एक जना महिला र संस्थापक समूहबाट ४ जना सञ्चालकहरुको समेत चयन गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ २७ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हसन सक्नेछन् ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको