Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले फेरि बेच्न थाल्यो भारतलाई बिजुली

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, १५ : ५५ मा प्रकाशित

नेपालले फेरि बेच्न थाल्यो भारतलाई बिजुली

विद्युत उत्पादन बढेसंगै नेपालले भारतलाई बिजुली बेच्न सुरु गरेको छ । बुधबार रातिबाट ३९ मेगावाट बिजुली ‘इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बेचेको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ ।

सबै सेवा शुल्कहरु घटाएर प्रतियुनिट औसत भारु ६ रुपैयाँ २८ पैसामा बिजुली बेचिएको छ सबै शुल्क कटाएर नेपालले करिब साढे १० रुपैयाँमा भारतमा बिजुली बेचेको प्राधिकरणले जनाएको छ ।

नेपालले गत वर्ष कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’को अवधारणामा आईईएक्समा बिजुली बेच्न थालेको थियो । २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट आयोजनाबाट करिब १ महिना नेपालले भारतमा बिजुली बेचेको थियो । वर्षायाममा नेपालको बिजुली देशभित्र खपत हुने अवस्था नभए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको