Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक र फोकसवानबीच कार्डमा आधारित भुक्तानी सेवा सञ्चालन सम्बन्धी सम्झौता

अर्थ संसार

शुक्रबार, २० जेठ २०७९, १६ : ४४ मा प्रकाशित

सिटिजन्स बैंक र फोकसवानबीच कार्डमा आधारित भुक्तानी सेवा सञ्चालन सम्बन्धी सम्झौता

डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा भुक्तानी सेवा प्रदायक, फोकसवान प्रा.लि सँग कार्डमा आधारित स्क्यान टू पे र क्यू आर (Scan to Pay/QR) माध्यमबाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको छ । 

उक्त सेवा सञ्चालनमा आएसँगै बैंकका कार्ड बाहकहरुले फोकसवानद्धारा सञ्चालित मोको (Moco) डिजिटल वालेटमा बैंकका डेबिट/क्रेडिट कार्डहरु लिङ्क गरी सोही कार्डहरुबाट खर्च हुने गरी विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । यसैगरी, बैंकका ग्राहकहरुले मोको वालेट मार्फत एनसीएचएल (NCHL) को नेपाल पे अन्तर्गतका क्यू आर (QR) माध्यमबाट भुक्तानी समेत गर्न सक्नेछन् । 

सिटिजन्स बैंक लगायतका विभिन्न बैंकहरु द्वारा प्रवर्धित नेपाल पेमेन्ट सोलुसन (नेप्स) तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट बैंकको डिजिटल बैंकिङ्ग सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास बैंकले लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको