Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ १५ वर्षमा प्रवेश, मुसहरलाई भाँडाकुडा हस्तान्तरण

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, १५ : ०९ मा प्रकाशित

प्राइम लाइफ १५ वर्षमा प्रवेश, मुसहरलाई भाँडाकुडा हस्तान्तरण

मिति २०६५ जेष्ठ २२ गतेदेखि सञ्चालनमा आएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १४औँ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश भएकाे छ ।

बीमितहरुको समय सापेक्ष परिवर्तित उच्च स्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्राथमिकता दिँदै आइरहेको यस कम्पनीले प्रत्येक वर्ष जसो नविनतम तथा बीमा क्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजनाहरु ल्याउन सफल भएको छ । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सक्नेछन् ।

सञ्चालन भएको १५औँ वर्षमा प्रवेश गरेको अवसरमा जेष्ठ २० गते कम्पनीबाट संस्थागत सामाजिक उक्तरदायित्व अन्तर्गत कम्पनीले सहयोग स्वरुप अति सिमान्तकृत वर्गमा पर्ने सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँ पालिका वडा नं ०१ (मैवाही) रोवस्थित घर संख्या २८ रहेको मुसहर जातीको समुदायका मुखिया महेन्द्र सदाय, मुखियालाई र सोही गाउँपालिकाका लतियाही मधुवनीस्थित घर संख्या २५ रहेको मुसहर जातीको समुदायका मुखिया उत्तिमलाल सदाय, मुखियालाइ दुवै स्थानमा भाँडाकुडा हस्तान्तरण गरिएकाे छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय-समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । हाल कम्पनीका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसी बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्नेछन् भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ । शुरु देखि नै छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले ग्राहकहरुको थप सुविधा स्वरुप घरमै बसी सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हालको विषम परिस्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउँदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराएका छन् । ग्राहकमैत्री सेवामा जोड दिंदै आइरहेको यस कम्पनीले यो सेवा सँगै ग्राहकहरुको कार्यमा थप सहज भई निजहरुको सन्तुष्टि बढ्ने विश्वास गरेको छ ।

कम्पनीले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको