Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डका पूर्व अध्यक्षलाई मृत्युदण्डको सजाय

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, १७ : १५ मा प्रकाशित

धितोपत्र बोर्डका पूर्व अध्यक्षलाई मृत्युदण्डको सजाय

छिमेकी मुलुक चीनमा धितोपत्र बोर्डका पूर्व अध्यक्ष तोङ दाओचीलाई मृत्युु दण्डको सजाय दिइने भएको छ ।

 दाओचीले बोर्डको अध्यक्ष हुँदा र नगर प्रमुखका पदमा रहँदा २ अर्ब ७० करोड युआन–४ करोड डलरभन्दा बढी घुस लिएको प्रमाणित भएकाे छ । साेही आरोपमा उनलाई मृत्यु दण्डको सजाय दिइने भएको हो ।

उनले विभिन्न व्यक्ति र कम्पनीलाई स्टक सूचीकरण हुन, वित्तपोषण र अरु विषयमा सहयोग गरेबापत घुस लिएका चीनको सरकारी प्रसारण संस्था सिसिटीभीले जनाएकाे छ । 

चिनियाँ कानूनमा रहेकाे प्रावधान अनुसार दुई वर्षको कारावासमा यदि तोङले असल आचरण देखाएमा उनको मृत्युदण्डलाई त्यसपछि आजीवन कारावासमा परिणत गर्न सकिन्छ ।

हाल ५५ वर्षीय दाओची सन् २००० मा चिनियाँ धितोपत्र नियामक आयोगमा काम गर्न थालेका थिए । नियामक आयोगको कामपछि सन् २०१४ मा उनी सहायक वाणिज्य मन्त्री नियुक्त भएका थिए । त्यसपछि सन् २०१६ मा उनी हुबेई प्रान्तको उपप्रमुख र २०१८ मा सान्या सहरको प्रमुख भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको