Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, घट्दै लगानीकर्ताको मनोबल

नेप्से

सोमबार, २३ जेठ २०७९, १५ : ०० मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, घट्दै लगानीकर्ताको मनोबल

यस साताकाे पहिलाे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । बजार लगातार घट्दा लगानीकर्ताकाे मनाेबल पनि घट्दै गइरहेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.९२ अंकले घटेर २०६५.७८ विन्दुमा झरेकाे छ । नेप्से ०.६२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.१२ अंकले घटेर ४००.३६ विन्दुमा झरेकाे छ । 

कूल २२८ वटा कम्पनीकाे ४४ लाख ९ हजार ६ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २ सय ७७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेको छ । 

साेमबार एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८ कराेड २४ लाख ७७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ९ सय ३२ रूपैयाँ ८० पैसा पुगेकाे छ ।

त्यसैगरी, यस दिन हिमालयन बैंक लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ५८ रूपैयाँ ९० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको