Like us!
Follow us!
Connect us!
Watch us!

"अहिलेको सम्बोधन चुनावी स्टन्ट, अब बजार ५०-१०० भन्दा धेरै घट्ने ठाउँ छैन"

अर्थ संसार

सोमबार, २३ जेठ २०७९, १६ : ३६ मा प्रकाशित

"अहिलेको सम्बोधन चुनावी स्टन्ट, अब बजार ५०-१०० भन्दा धेरै घट्ने ठाउँ छैन"

सेयर बजारका ठूला लगानीकर्ता दिपेन्द्र अग्रवाल अहिले हुन लागेको लगानीकर्ताको आन्दोलनलाई सकारात्मक नै लिनुपर्ने बताउँछन् । 

अर्थसंसारसँग कुराकानी गर्दै उनले भने, "कसैले पनि मार्केटका लागि केही गरिराछ भने राम्रै होनी । यसलाई त हामीले पोजेटिभ नै लिनुपर्छ । तर अलिकति चित्त नबुझ्ने कुरा के छ भने लगानीकर्ताहरूको दुरदर्शिता छैन । यसो भन्नाले यो आउँछ भन्ने कुरा त पहिल्यै देखिसकिएको थियो नी, ४/१२ लगाउने बित्तिकै।"

४/१२ ले ठूला लगानीकर्ता बरबाद भए की साना लगानीकर्ता भन्ने आँकलन गर्ने कुरा रहेको उनी बताउँछन् । "सरकारले के भन्यो भने साना लगानीकर्ताहरू यसबाट लाभान्वित हुन्छन् उनीहरूले कर्जा पाउँछन् । कुन चाहीँ साना लगानीकर्ताले कर्जा पाए कुन चाहीँ मार्जिन लेन्डिङ सानाहरूले पाए त्यो त थाहाछैन तर त्यतिबेला ४/१२ को समर्थन गर्नेहरू अहिले ४/१२ को विरोध गरिराछन् । किनभने मार्केट घटिसक्यो," उनले भने ।

बजारलाई पहिल्यैदेखि राम्ररी नियाल्नेहरूले बजारबाट पैसा कमाउने उनको तर्क छ । लगानीकर्ताहरूले कुनैपनि नीतिको असर कहिले आउँछ र कसरी आउँछ, त्यो नीति किन ल्याइएको छ भन्ने कुरा हेर्न सक्नुपर्ने उनले बताए । राष्ट्र बैंकको नीतिको बारेमा सेबोन मौन रहनु तथा बजेटमा पूँजी बजारका कुराहरूलाई नसमेटिनुले सेयर बजारप्रति सरकारको नियत ठिक नरहेको जनाउने उनी बताउँछन् । 

माथिल्लो तहका व्यक्तिहरूको पूँजी बजारसम्बन्धी अहिलेको सम्बोधन चुनावी स्टन्ट रहेको उनको तर्क छ । उनले भने, "यदि अहिले विरोधमा गयो भने बालेन जसरी अन्य थुप्रै स्वतन्त्र उम्मेद्वारको उदय हुन्छ भन्ने कुरा थाहा पाएर सम्बोधन गर्ने नाटक मात्र गर्या हो । मलाई कुनै उमिद छैन त्यो सम्बोधन हुन्छ भनेर ।"

कुराकानी कै क्रममा अहिलेको बजारको अवस्थाको बारेमा बोल्दै उनले बजार एकदमै लोएस्ट विन्दुमा आइपुगेको बताए । उनले भने, "आज हिमालयन बैंकको कारोबार खुलेको हुनाले त्यसले ५-१० पोइन्ट खस्छ । नेपाल बङ्गलादेश बैंकको सेयर सूचिकृत भएपछि बढीमा ५०-१०० पोइन्ट खस्न सक्छ । अरू ठाउँ म देख्दिँन । मार्केटमा घट्ने अरू ठाउँ सक्किसकेको छ । जसलाई बेच्नु थियो मार्जिन कल आएको छ उनीहरूले मजबुरीमा बेचिराछन् । मार्केट जति प्यानिक भएपनि अहिलेको विन्दुबाट ५०-१०० भन्दा धेरै घट्ने ठाउँ छैन ।" 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको