Like us!
Follow us!
Connect us!
Watch us!

शिरमा कालाेपट्टीसहित लगानीकर्ता नेप्से घेराउमा, प्रहरीद्वारा राेक !

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, १४ : ५७ मा प्रकाशित

शिरमा कालाेपट्टीसहित लगानीकर्ता नेप्से घेराउमा, प्रहरीद्वारा राेक !

शिरमा कालाेपट्टीसहित सेयर लगानीकर्ताहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घेराउमा पुगेका छन् ।

पूँजी बजार विकास र विस्तार गर्ने उद्देश्यसहित तिलन काेइरालाकाे नेतृत्वमा नेप्सेमा आन्दोलन गर्न पुगेका लगानीकर्ताहरूलाई विरोध गर्न प्रहरीले रोक लगाएको छ ।  आन्दोलन गर्न निषेधित क्षेत्र भन्दै प्रहरीले लगानीकर्ताहरूमाथि राेक लगाएका हुन् ।

लगानीकर्तारूले भने आफूहरूले पहिलेदेखि नै सोही स्थानमा विरोध गर्दै आइरहेको र अहिले पनि आफ्नो कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरी समक्ष माग राखेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको