Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिका गुनासा यथाेचित सम्बाेधन हुनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थ संसार

बुधबार, २५ जेठ २०७९, १२ : ३२ मा प्रकाशित

मौद्रिक नीतिका गुनासा यथाेचित सम्बाेधन हुनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति सम्बन्धी गुनासाहरूकाे बारेमा यथाेचित सम्बाेधन हुनुपर्ने बताएका छन् ।

नियामक निकाय नेपाल धिताेपत्र बाेर्डकाे तीसाैँ वार्षिकाेत्सवमा बाेल्दै उनले भने, "मौद्रिक नीतिलाई लिएर केही गुनासा छन् । त्यसलाई यथोचित सम्बोधन गर्नुपर्छ ।"

पूँजी बजारकाे क्षेत्रमा देखिएका विविध समस्याहरूकाे बारेमा आफूहरू जानकार रहेकाे र त्यसलाई व्यवस्थित बनाउन लागि परेको उनले बताए ।

त्यस्तै, लगानीकर्ताको हित संरक्षण गर्न नियमनकारी निकायको क्षमताको अभिवृद्धि गर्नुपर्ने पनि उनले बताएका छन्  । प्रविधिको क्षमता र जनशक्तिको क्षमता अभिवृद्धि हुनुपर्ने उनकाे तर्क छ  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको