Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा १३ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

अर्थ संसार

बुधबार, २५ जेठ २०७९, १३ : २५ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा १३ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल जेष्ठ २५ गते बुधबारबाट झापा जिल्लाको कमल गा. पा. वडा नं ०७ गेउरियामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  

कमल गा. पा. वडा नं ०७ गेउरिया बस्ने श्री सन्तोष राईलाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०७ का वडा अध्यक्ष पृथ्विपती राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश नं. १ का प्रमुख खिमलाल भुसाल, गेउरिया बजार समितीका अध्यक्ष नारायण प्रसाद निरौला लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो । 

शाखारहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको