Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिनमा ६ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो ८९.९४ प्रतिशत

अर्थ संसार

बुधबार, २५ जेठ २०७९, १४ : ४९ मा प्रकाशित

एकैदिनमा ६ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो ८९.९४ प्रतिशत

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ६ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार जेठ २३ गते, साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जेठ २२ गते, आइतबारसम्म बैंकहरूकाे निक्षेप ४९ खर्ब ६७ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ६ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ६ अर्बले नै बढेर ४३ खर्ब ९३ अर्ब पुगेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४ अर्बले बढेर ४७ खर्ब २४ अर्ब रूपैयाँ पुगेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८९.९९ प्रतिशतबाट घटेर ८९.९४ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

62a06699c8890.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको