Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरण वा दुई चरणमा ?

पत्रपत्रिका

विहीबार, २६ जेठ २०७९, ०७ : ४८ मा प्रकाशित

प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरण वा  दुई चरणमा ?

आउँदो असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने निर्णयसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी अघि बढाएको छ। सरकारले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति असारको दोस्रो सातातिर तोक्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोग निर्वाचनको आन्तरिक तयारीमा जुटेको हो।

आयोगले अहिले मतदाता नामावली संकलनको गृहकार्यसंगै निर्वाचनसम्बन्धी कार्यविधि, नियमावली परिवर्तन गर्ने, मतदानस्थलको विवरण अध्ययन गर्ने कार्य गरिरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

कानुनतः निर्वाचनको मिति आयोगसंग परामशमा सरकारले तोक्नेछ। सरकारले बोलाएको बखत निर्वाचनको मिति, एकै चरण वा  दुई चरणमा निर्वाचन गर्न विषयमा आयुक्तहरूसँग छलफल गरिरहेका छौं प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको