उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पुर्व अध्यक्ष अम्बिका प्रसाद पौडेल उद्योग वाणिज्य महासंघको तर्फबाट समर्थन जनाउँदै हिजाेदेखि नै सडकमा उत्रिएका छन् ।
आजको आन्दोलनमा मन्तव्य व्यक्त गर्ने क्रममा उनले अहिलेको अफ्ठ्यारोको अवस्थामा लगानीकर्तालाई बुझिदिन ब्रोकरहरूलाई आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले सेयर बिक्री गर्न दिएभने त्याे सेयर जसकाे हाे उक्त लगानीकर्ताहरूको अनुमति नलिईकन सेयर नबेच्न उनले सबै ब्रोकर कम्पनीहरूलाई आग्रह गरेका छन् । त्याे लगानीकाे लागि कानूनी उपचार गर्दा पछिका दिनमा फिर्ता गर्नुपर्ने अवस्था सृजना हुने उनले बताए ।
अहिले लगानीकर्तालाई अफ्ठ्यारो पर्दा सेयर बेचिदिँदा लगानीकर्ताहरूको सम्पत्ति सक्किने उनी बताउँछन् ।
उनले सरकारले ५८ बुँदामा बाँकी रहेका र अहिलेका १९ बुँदे मागहरूको सम्बोधन नभएसम्म लगानीकर्ताहरूको आन्दोलन जारी रहने बताएका छन् । स्थिर पूँजी बजार नीति ल्याउनुपर्नेमा उनको जोड छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस