Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै रेड्मी नोट ११

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, १२ : ३३ मा प्रकाशित

नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै रेड्मी नोट ११

इन्टरनेशनल डाटा कर्पोरेशनको वर्ल्डवाइड क्वाटर्ली मोबाइल फोन ट्र्याकर, Q1 २०२२ को विज्ञप्ति अनुसार रेड्मी नोट ११ नेपालको नम्बर १  स्मार्टफोनमा रहेको बताएको छ ।

शाओमीले, पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान  कायम गर्दै आएको छ । रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुको साथै, रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ए पनि शीर्ष स्थानमा रहन सफल भएको छ ।

रेड्मी नोट ११, शाओमी १२ सिरिज जस्ता उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । यसका साथै शाओमीले एस१ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ब्यान्ड ६, र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदि सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ । 

यसको अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ । अहिले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देश भरिमा ३०००+ भन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५+ अधिकृत स्टोरहरू स्थापित गरेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको