वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने स्थिर रहेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा लगानी स्थिर रहेकाे हाे ।
जेठ २९ गते, आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप ४९ खर्ब ७० अर्ब रूपैयाँ रहेकाे छ । जेठ २८ गते, शनिबार बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ७२ अर्ब रहेकाे थियाे । एक दिनकाे अवधिमा बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप २ अर्बले घटेकाे हाे । यस्तै, यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप संकलन पनि २ अर्बले नै घटेर ४३ खर्ब ८९ अर्ब रूपैयाँमा झरेकाे छ ।
त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ८७ अर्ब रुपैयाँमा स्थिर रहेकाे छ ।
बैंकहरूकाे सीडी रेसियो ८९.८५ प्रतिशतबाट बढेर ८९.८७ प्रतिशत पुगेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस