Like us!
Follow us!
Connect us!
Watch us!

आमरण अनसनप्रति संवेदनशील छौं : धितोपत्र बोर्ड

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १३ : २० मा प्रकाशित

आमरण अनसनप्रति संवेदनशील छौं : धितोपत्र बोर्ड

धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष विनय देव आचार्यले लगानीकर्ता तिलक कोइरालाले सुरु गरेको आमरण अनसनप्रति धितोपत्र बोर्ड संवेदनशिल रहेको बताएका छन्। 'पुँजीबजारको सुधार र विस्तारका मागहरु राखेर आमरण अनसन बस्छु भनेर शान्तिपूर्वक आएका लगानीकर्ताहरुलाई तपाईंहरुले गेटभित्र छिर्न पनि दिनुभएन, लगानीकर्ताहरु सडकमा बस्न वाध्य भए नि' भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै उनले कानून अनुसार सरकारी कार्यालयभित्र अनसन बस्न दिन नमिल्ने भएकाले गेट बन्द गर्न वाध्य हुनुपरेको तर लगानीकर्ताहरुको आन्दोलनलाई धितोपत्र बोर्डले निकै गम्भीरता पूर्वक लिएको बताए।  

'यो विषयमा मैले अर्थमन्त्रालयमा जानकारी गराएको छु। बोर्ड अध्यक्षसंग पनि म निरन्तर सम्पर्कमा छु। यस विषयमा कसरी अघि बढ्ने भनेर छलफल भईरहेको छ।' उनले जानकारी दिएका छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको