Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीले १ साताअघि घोषणा गरेको पुँजीबजार सुझाव समितिको संयोजकमा आचार्य

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १५ : २३ मा प्रकाशित

अर्थमन्त्रीले १ साताअघि घोषणा गरेको पुँजीबजार सुझाव समितिको संयोजकमा आचार्य

केहि दिनअघि धितोपत्र बोर्डको वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारको सुधारको लागि एक समिति गठन गर्ने बताएका थिए। सेयर बजार निरन्तर ओरालो लागिरहेको वर्तमान अवस्थामा कसरी लगानीकर्ताहरुको मनोबल बढाउन सकिन्छ र कसरी धितोपत्र बजारलाई स्थायित्व प्रदान गर्दै सेयर बजारको विकास गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिन सो समितिको गठन गर्ने घोषणा अर्थमन्त्रीले गरेका थिए।  

अर्थमन्त्रीको घोषणा अनुसार नै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनय देव आचार्यको संयोजकत्वमा समिति गठन भएको छ। सो समितिमा नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयका प्रतिनिधिहरु पनि रहने छन। 

संयोजन आचार्यले बताएअनुसार समितिको बैठक छिटै बस्ने तयारी भएको छ। 

समितिमा लगानीकर्ताहरुका प्रतिनिधिहरुलाई पनि समावेश गरिनुपर्छ भन्ने माग उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै समितिको बैठक बसी आवश्यकताअनुसार सरोकारवालाहरुको पनि प्रतिनिधित्व गराउने निर्णय गर्न सकिने बताए। 

62a9a9aa4579d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको