Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले तत्काल आन्दोलनरत लगानीकर्ताहरु सँग छलफल गरेर निकास निकाल्नुपर्छ: पूर्व अर्थमन्त्री आचार्य

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १८ : १३ मा प्रकाशित

सरकारले तत्काल आन्दोलनरत लगानीकर्ताहरु सँग छलफल गरेर निकास निकाल्नुपर्छ: पूर्व अर्थमन्त्री आचार्य

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता महेश आचार्यले सेयर बजारको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। नेपाली अर्थव्यवस्थामा उदारीकरणका हिमायती मानिने नेता आचार्यले सरकार हुनुपर्ने जति गम्भीर नभएका कारण सेयर बजारको अवस्था निकै प्यानिक बनेको बताए।  

अर्थसंसारसँग कुरा गर्दै आचार्यले सेयर बजारका लगानीकर्ताहरुले संगठित रुपमा आन्दोलन गरिरहेको हुँदा सरकार तथा सम्बन्धित निकायहरुले आन्दोलनरत लगानीकर्ताहरुसंग छलफल गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। छलफल गरेर समाधान निकाल्न ढिला गर्नुभएन भन्दै उनले आन्दोलनरत लगानीकर्ताहरुको मागलाई गम्भिरतापूर्वक लिन पनि सरकारलाई आग्रह गरेका छन्।  

राष्ट्र बैंकले सेयर धितो कर्जामा तोकेको ४/१२ करोडको सिमा लगायतका कुराहरुले सेयर बजार घटेको भन्ने कुरालाई विश्लेषण गरेर यदि लगानीकर्ताको आरोप सहि हो भने सो नीति परिवर्तन गर्न राष्ट्र बैंक हिच्किच्याउनु नहुने बताउँदै आचार्यले सेयर बजारप्रति वितृष्णा हुने किसिमको वातावरणको अन्त्य गरिनुपर्ने बताए। सेयर बजारमा यत्रो ठूलो गिरावट आउनु अर्थतन्त्रको लागि राम्रो कुरा होइन, यसले अर्थतन्त्रलाई राम्रो गर्दैन भन्दै आचार्यले तत्कालै लगानीकर्ताहरुसंग छलफल गरि आवश्यक कदम चल्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको