Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरमा जाने, सेयर कारोबार रोक्का

अर्थ संसार

विहीबार, ०२ असार २०७९, १० : १६ मा प्रकाशित

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरमा जाने, सेयर कारोबार रोक्का

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरमा जाने भएका छन् । मर्जर सम्झौतामा आज विहिबार बिहान हस्ताक्षर भएसंगै दुवै कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ ।

आज दुबै बैंकले नेप्सलाई पत्र लेख्दै मर्जरका लागि प्रारम्भिक सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भइसकेकाले दुबै बैंकको सेयर कारोबार रोक्का राखिदिन आग्रह गरेको हुन् ।

श्रोतका अनुसार दुवै बैंकबीच १ः१ को अनुपातमा मर्जरको लागि सहमति जुटेको हो । यो मर्जरसंगै पूनः ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा ठुलो बैंक बन्ने छ । 

बैंक अफ काठमाण्डू लिमिटेडको असार ०१ गते बसेको संचालक समितिको २२६ औं बैंठकबाट बैंक अफ काठमाण्डु लि. र ग्लोबल आईएमई बैंक लि. एक आपसमा गाम्ने गाभिने (Merger) सम्बन्धमा प्रारम्भीक समझदारी पत्र (Memorandum of Understanding) को मस्यौदा स्वीकृत गरेकाे  थियाे ।

त्यस्तै, ग्लोबल आईएमई बैंककाे पनि असार १ गते नै बसेकाे सञ्चालक समितीकाे बैठकले अफ काठमाण्डुसंग एक आपसमा गाम्ने गाभिने (Merger) सम्बन्धमा प्रारम्भीक समझदारी पत्र (Memorandum of Understanding) को मस्यौदा स्वीकृत गरेकाे  थियाे ।

62aab603aefa9.jpg 62aab603ec645.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको