Like us!
Follow us!
Connect us!
Watch us!

साताको ६ दिन नै कारोबार खुलाउने नेप्सेको औपचारिक निर्णय, निकाल्यो यस्तो सूचना

नेप्से

विहीबार, ०२ असार २०७९, ११ : २८ मा प्रकाशित

साताको ६ दिन नै कारोबार खुलाउने नेप्सेको औपचारिक निर्णय, निकाल्यो यस्तो सूचना

भोलि असार ३ गते, शुक्रबारदेखि शुक्रबार पनि कारोबार खुल्ने भएको छ । यो सँगै अब सातामा ६ दिन नै धितोपत्रको दोश्रो बजार खुल्ला हुने भएको छ । 

अब उप्रान्त आइतबारदेखि बिहिबारसम्म बजार ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म काराेबार खुल्नेछ ।

नेप्सेले आज एक सूचना प्रकाशन गर्दै, "नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७९/०२/२३ गतेको बैठकबाट दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको हुँदा सोहि बमोजिम नेप्से सञ्चालक समितिको मिति २०७९/०२/२५ गतेको निर्णयानुसार असार १ गतेदेखि धितोपत्रको दोस्रो बजार आइतबार देखि बिहिबार सम्म ११:०० बजे देखि ३:०० बजेसम्म र शुक्रबार ११:०० बजे देखि १:०० बजेसम्म सन्चालन हुने" जानकारी दिएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

62aac48f363e5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको