Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकद्वारा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना

अर्थ संसार

विहीबार, ०२ असार २०७९, १३ : २९ मा प्रकाशित

नबिल बैंकद्वारा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना

नबिल बैंकले महिला तथा युवा QR Merchant लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष (UNCDF) को सहकार्यमा आधारित “क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन“ परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो ।

विशेषगरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको छ । युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको उद्दमी जसको आफ्नाे स्वामित्वमा व्यवसाय छ वा जसले प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्दछ । यसअधि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो ।

एक महिनाको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १०% वा अधिकतम  प्रति कारोबार रु. २०० नगद फिर्ता दिइनेछ। यो योजना आषाढ महिनाभरि लागु हुनेछ ।

वित्तीय पहूँच नपुगेका महिला र युवा उद्दमीमा लक्षित यस योजना मार्फत नबिल बैंकले त्यस्ता उद्दमीहरुलाई बैकिङ च्यानलमा भित्राउने, पुराना निष्कृय मर्चेन्टलाई सकृय बनाउने र उनीहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरि दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको