Like us!
Follow us!
Connect us!
Watch us!

अनशनरत लगानीकर्ताको स्वास्थ्य अवस्था गम्भिर बन्दै, नियामक निकाय मुकदर्शक

अर्थ संसार

शुक्रबार, ०३ असार २०७९, १० : २६ मा प्रकाशित

अनशनरत लगानीकर्ताको स्वास्थ्य अवस्था गम्भिर बन्दै, नियामक निकाय मुकदर्शक

बुधबारदेखि पूँजीबजार विकास र विस्तारका विभिन्न्न १९ बुँदे माग सहित आमरण अनशन बसेका पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोईरालाको स्वास्थ्य अवस्था गम्भिर हुँदै गएको छ । अनशनरत कोईराला सामान्य मधुमेहका बिरामी समेत हुन् । 

तिनदेखि पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको गेटैमा आमरण अनशन बसेका लगानीकर्ताको माग र स्वास्थ्यप्रति नियामक निकाय मुकदर्शक बनेको आरोप लगानीकर्ताहरुको छ । हाम्रा मागहरु पुरा गर्न कुनै ठोस कदम उठाउन छाडेर बोर्डका जिम्मेवार पदाधिकारीहरु उल्टै अन्तरवार्ता दिँदै सेयरबजारका लगानीकर्ताहरुलाई सट्ठेबाज भन्दै हिडेको लगानीकर्ताको गुनासो छ ।

अहिलेसम्म कुनै पनि निकायले हाम्रा मागहरुप्रति चासो देखाएको छैन, यसरी लगानीकर्ताहरुको अपमान गरेर सरकारले कसरी समृद्धिको सपना देखाँउछ सरकारको यस्तै रवैयाले त लगानीकर्ताहरु पूँजी बजारबाट पलाएन नै हुने अवस्था देखिन्छ एक लगानीकर्ताले गुनासो गरे । 

बजारको विकास विस्तारको माग सहित एकजना लगानीकर्ता आमरण अनसनमा बस्नु भएको छ तर यसमा नियामकको ध्यानै छैन भोलि वहाको स्वास्थमा तल माथि भयो भने त्यसको जिम्मेवार को हुने ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको