Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्समा ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

अर्थ संसार

शुक्रबार, ०३ असार २०७९, १४ : ०७ मा प्रकाशित

समृद्धि फाइनान्समा ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

समृद्धि फाइनान्सले मुद्धति निक्षेपको योजना अन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ ।  समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिन न्यूनतम रु ५० हजार देखि नै खाता खोल्न सकिने व्यवसाय प्रवद्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् । 

फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ । 


 

                                                            


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको