Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा असार २० गते, पूँजी बृद्धिको विशेष प्रस्ताव

अर्थ संसार

आइतबार, ०५ असार २०७९, ०७ : ४७ मा प्रकाशित

रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा असार २० गते, पूँजी बृद्धिको विशेष प्रस्ताव

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ।

इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले विशेष साधारणसभा यही असार २० गते काठमाण्डौको शंखमुस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजेबाट डाकेको हो
। 

सभाले कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। पुँजी वृद्धिपछि सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझावबमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्तावित पनि अनुमोदन गर्नेछ।

सभाले अन्य कुनै जीवन बीमा कम्पनी आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 
 
कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ असार १० गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ तसर्थ असार ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन सक्नेछन् ।  

कम्पनीको सूचनाः 

62ae83ed2e611.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको