Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा १५ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १८ : ०६ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा १५ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल अषाढ ५ गते आइतबारबाट नवलपरासी जिल्लाको कावासोती न.पा वडा नं ७ साँढमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  

कावासोती न.पा वडा नं ७ साँढमा बस्ने भीमा भुर्तेललाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०७ का वडा अध्यक्ष गोविन्द प्रसाद महतोले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा कावसोती न.पा वडा नं ७ का वडा सदस्य रुद्र बहादुर बस्नेत,  पुर्व वडा सदस्य विष्णु प्रसाद काफ्ले र साहित्यकार सदानन्द जैसी लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो । 

शाखारहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको