Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीको विश्लेषण : मौद्रिक नीतिको त्रुटिका कारण सेयर बजारमा समस्या आयो

अर्थ संसार

सोमबार, ०६ असार २०७९, १७ : ५० मा प्रकाशित

अर्थमन्त्रीको विश्लेषण : मौद्रिक नीतिको त्रुटिका कारण सेयर बजारमा समस्या आयो

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको केहि त्रुटिहरुका कारण सेयर बजार ध्वस्त भएको बताएका छन्। बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै अर्थमन्त्री शर्माले सेयर बजारको समस्याहरुलाई सम्बोधन गर्न अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकको प्रतिनिधित्व रहने गरी एउटा समिति गठन गरेको र सो समितिमा सरोकारवालाहरुलाई समेत संलग्न गराउन पनि आफुले निर्देशन दिएको बताएका छन्।  

'सेयर बजारको विषयमा मैले धेरै भन्न पर्दैन। प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिमा केहि त्रुटिहरु भएको कुरा सर्वविदितै छ। ति त्रुटिका कारण केहि समस्या पैदा भएको कुरा स्पष्ट पार्न चाहन्छु। ' अर्थमन्त्रीले भने।  

सिसिडि लाई सिडी रेसियोमा परिवर्तन गरिएको र सेयर धितो कर्जामा ४/१२ करोडको क्याप लगाईएका जस्ता कुराहरुलाई अर्थमन्त्रीले मौद्रिक नीतिको त्रुटिको रुपमा व्याख्या गर्न खोजेको बुझिएको छ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको