Like us!
Follow us!
Connect us!
Watch us!

४/१२ को नीति र जोखिम भार १५० पुर्याइँदा समस्या भयो यो हट्नैपर्छ : रमेश हमाल

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १७ : ५४ मा प्रकाशित

४/१२ को नीति र जोखिम भार १५० पुर्याइँदा समस्या भयो यो हट्नैपर्छ : रमेश हमाल

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का अध्यक्ष रमेश कुमार हमालले सेयर धिताे कर्जामा लगाइएकाे ४/१२ काे क्याप र जोखिम भार १५० पुर्याइँदा सेयर बजार प्रभावित बनेकाे भन्दै याे हट्नुपर्ने बताएका छन् ।

सेबोनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरूले विज्ञहरूसँग यस विषयमा सल्लाह लिँदा ४/१२ काे नीतिले गर्दा बजारमा सेलिङ प्रेसर अत्याधिक मात्रामा आउन गई बजार घटेकोमा विज्ञहरू एकमत रहेको बताए ।

१९ बुँदे माग ३ महिनाभित्र कार्यान्वयन गर्छाैँ : बाेर्ड अध्यक्ष, हमाल

राष्ट्र बैंकले सेयर बजारसँग सम्बन्धित नीति नियमहरू बनाउँदा बाेर्डसँग कुनै प्रकारकाे समन्वय नगरेकोप्रति उनले आपत्ति जनाएका छन् । राष्ट्र बैंक, बीमा समिति लगायतका निकायहरूले पूँजी बजारसँग सम्बन्धित कुनैपनि नीति बनाउँदा बाेर्डसँग पनि समन्वय गर्नुपर्ने उनले बताए । 

त्यस्तै, आजको पत्रकार सम्मेलनमार्फत् आन्दोलनरत लगानीकर्ताहरूलाई १९ बुँदे माग ३ महिनाभित्र कार्यान्वयन हुने आश्वासन उनले दिएका छन् । उनले १९ बुँदेमा समावेश भएका कतिपय मागहरू सम्बाेधनका लागि बोर्डले कार्य सुरू गरिसकेको बताएका छन् । यसैगरी, बाेर्डले अन्य मागहरू सम्बाेधन गर्न पनि सम्बन्धित निकायमा पहल गरेकाे उनले जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको