Like us!
Follow us!
Connect us!
Watch us!

अनसन स्थल पुगेका बालेनकाे आराेप, "सरकारले हेल्चेक्र्याँई गरेको छ"

अर्थ संसार

बुधबार, ०८ असार २०७९, ११ : ५६ मा प्रकाशित

अनसन स्थल पुगेका बालेनकाे आराेप, "सरकारले हेल्चेक्र्याँई गरेको छ"

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह लगानीकर्ताहरूको आमरण अनसन स्थल पुगेका छन् । 

त्यहाँ पुगेर उनले नियामक निकाय नेपाल धितोपत्र बोर्डको कार्यालय अगाडि विगत ८ दिनदेखि अनसन बसिरहेका पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला लगायत अन्य अग्रज लगानीकर्ताहरूको आवाज सुनेका छन् । 

आफ्नो अभिव्यक्ति प्रकट गर्ने क्रममा उनले सरकारले हेल्चेक्र्याँई गरेको बताए । उनले भने,  'सरकार एक्लैले चाहेर मात्रै यति धेरै कम्पनीहरूको स्थापना हुन सक्दैनथ्यो । लगानीकर्ताहरूले लगानी गरिदिएर मात्रै यो सम्भव भएको हो ।'

सेयर बजारले समग्र देशको विकासमै महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताएका छन् । उनले आम व्यक्तिहरूले बुजेझैँ नेप्से घटाउन र बढाउन नभई यो आन्दोलन नीतिगत सुधारका लागि गरिएको बताए । १९ बुँदे मागहरू जायज रहेको भन्दै उनले सरकारको यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको