बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा प्रवाह स्थिर रहेकाे छ । बैंकहरूकाे निक्षेप संकलन घटेपछि त्यसकाे प्रभाव सिडी रेसियाेमा परेकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार असार ९ गते, बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असार ८ गते, बुधबारसम्म बैंकहरूकाे निक्षेप ४९ खर्ब ८२ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप ७ अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ८ अर्बले घटेर ४३ खर्ब ९० अर्बमा झरेकाे छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४७ खर्ब ८ अर्ब रूपैयाँमा स्थिर रहेकाे छ ।
बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८९.३९ प्रतिशतबाट बढेर ८९.५२ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस