Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनको अन्त्यसँगै रकेटको गतिमा बढ्यो सेयर बजार, लगानीकर्तामा छायाे उत्साह

नेप्से

आइतबार, १२ असार २०७९, १५ : १२ मा प्रकाशित

आन्दोलनको अन्त्यसँगै रकेटको गतिमा बढ्यो सेयर बजार, लगानीकर्तामा छायाे उत्साह

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा उछाल देखिएकाे छ । आइतबार नेप्से परिसूचकसँगै काराेबार रकम पनि उल्लेख्यसँग बढेकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा पुगेकाे छ । नेप्से ५.१० प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १७.९३ अंकले बढेर ३८२.८४ विन्दुमा पुगेकाे छ । 

कूल २३० वटा कम्पनीकाे ६३ लाख ६३ हजार ५ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ ।

आइतबार कुमार बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ८ कराेड ६४ लाख ३८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज कुल २१ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्नेमा अधिकांश हाइड्राेपावर र फाइनान्स कम्पनी रहेका छन् । 

यस दिन जम्मा ५ वटा कम्पनीकाे सेयरमूल्य घटेकाे छ ।  तीमध्ये ४ वटा डिबेञ्चर र एउटा म्युचुअल फण्ड रहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको