समृद्धि फाइनान्सले असार १० गते बुटवलमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले बुटवल वडा न.१३ मा रहेको मिलन पार्कमा यस पार्ककी अध्यक्ष दुर्गा पाठक पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधिकतम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस