Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तलाई लगानीयोग्य रकम अभाव

पत्रपत्रिका

मंगलबार, १४ असार २०७९, ०७ : ३५ मा प्रकाशित

लघुवित्तलाई लगानीयोग्य रकम अभाव

ठूला वित्तीय संस्थाबाट ऋण लिने र साना तथा ग्रामीण क्षेत्रका परि यो जनामा लगानी गर्दै आएका लघुवित्त संस्थालाई पुँजीको अभाव हुन थालेको छ ।

'क’, 'ख’ र 'ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले नै ऋण दिन सक्ने अवस्था आएपछि घ’ वर्गका लघुवित्त संस्था समस्यामा परेका हुन् । ऋण दिने संस्थाले नै ऋण दिन छाडे पछि लगानीसमेत घटाउनुपर्ने  बाध्यतामा पुगेको नेपाल लघुवित्त बैङ्कर्स सङ्घका अध्यक्ष प्रकाशराज शर्माले बताए ।

पुँजी अभावका कारण लघुवित्त संस्थाको ऋण लगानी अहिले ऋणात्मक बाटो मा गइरहेको बताइएको छ । “चैतसम्म यस्ता संस्थाको लगानी तीन खर्ब ९५ अर्ब थियो तर वैशाखमा हामी करिब छ अर्बले  ऋणात्मक भयौँ । हामीले लिने ठाउँबाट ऋण पाउनै छाड्यौँ, अब कसरी लगानी गर्नु,” उनले  भने ।

नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार लगानीयोग्य रकम अभावले यस्ता संस्थाको लगानी घट्दै गएको छ । यो रकम भने को अन्य वित्तीय संस्थाबाट ऋण लिएर    अल्पकालीन अवधिको मुद्दती खातामा जगेडाजस्तै राखिएको रकम हो ।

विशेषगरी मुद्दती निक्षेपमा राखेको रकम कर्जामा लगानी भएपछि लगानी क्षमतामा कमजोर हुँदै गएको हो । राष्ट्र बैङ्कका अनुसार लघुवित्त वित्तीय संस्थाले मुद्दती निक्षेपमा २०७८ चैतसम्म चार अर्ब ८० करोड रुपियाँ रहेको छ, जुन २०७८ असार मसान्तको तुलनामा ६४.०१ प्रतिशतले कम हो । पछिल्लो समय वित्तीय स्रोत व्यवस्थापन र ब्याजदरको सीमाका कारण आफूहरूलाई समस्या परेको लघुवित्त सञ्चलकको अनुभव छ ।    

गोरखापत्र दैनिकमा समाचार छ । 

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको