Like us!
Follow us!
Connect us!
Watch us!

एकदिनमा ५ अर्बले बढ्यो निक्षेप संकलन, सिडी रेसियो कति ?

अर्थ संसार

मंगलबार, १४ असार २०७९, ०८ : १७ मा प्रकाशित

एकदिनमा ५ अर्बले बढ्यो निक्षेप संकलन, सिडी रेसियो कति ?

बैंकहरूको निक्षेप संकलन ५ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार असार १२ गते, आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जेठ ११ गते, सनिबारसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ८२ अर्ब रूपैयाँ रहेको थियो । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ५ अर्बले बढेर ४४ खर्ब १ अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी भने एक अर्बले घटेर ४१ खर्ब ७५ अर्ब रूपैयाँमा सिमित छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब ५ अर्बमा झरेको छ ।

बैंकहरूको औसत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८९.३७ प्रतिशतबाट घटेर ८९.२६ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

62ba68545ac87.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको