Like us!
Follow us!
Connect us!
Watch us!

कपिलवस्तुमा कामना सेवा विकास बैंककाे शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

अर्थ संसार

मंगलबार, १४ असार २०७९, ११ : २३ मा प्रकाशित

कपिलवस्तुमा कामना सेवा विकास बैंककाे शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा हिजाे आषाढ १३ गते सोमबारबाट कपिलवस्तु जिल्लाको बुद्धभुमी न.पा. वडा नं. ०१ को पथरकोटमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हाे ।  

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन वडा नं. ०१ का वडा अध्यक्ष तिलक बहादुर बस्नेतले गरी सेवा शुभारम्भ गरेका थिए । बुद्धभुमी न.पा. वडा नं. ०१ पथरकोटस्थित इन्द्र जनरल स्टोर्स् (प्रो. इन्द्र मणि बेलबासे) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीयहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । 

शाखारहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको