Like us!
Follow us!
Connect us!
Watch us!

मर्जमा नगई बोनस दिएरै ५ अर्ब पूँजी पुर्याउने क्षमता भएको नेशनल लाईफ (NLICL) को प्राविधिक विश्लेषण

बसन्त पाण्डे

मंगलबार, १४ असार २०७९, १७ : १८ मा प्रकाशित

मर्जमा नगई बोनस दिएरै ५ अर्ब पूँजी पुर्याउने क्षमता भएको नेशनल लाईफ (NLICL) को प्राविधिक विश्लेषण

बिमा समितिले जीवन बिमा कम्पनीहरुलाई ५ अर्ब र निर्जीवन बिमा कम्पनीहरुलाई २.५ अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिएसँगै तोकिएको चुक्तापुँजी पुर्याउन बिमा कम्पनीहरु फटाफट मर्जमा जान थालेका छन्। मर्जमा गएर लामो समय कारोबार रोकिने भएपछि बरु पैसा फ्रिज गराएर राख्नुभन्दा नगदमा बस्नु नै उचित हुने विश्लेषण गर्दै लगानीकर्ताहरुले बजार मूल्यमै सेयर फाल्न थालेपछि बिमा कम्पनीहरुको सेयरमूल्य निकै घटेको छ। सेयरमूल्य घट्ने क्रममा आधारभूत अवस्था राम्रो भएका र बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन मर्जमा गईराख्नु नपर्ने र बोनस सेयर दिएरै तोकिएको पुँजी पुर्याउन सक्ने कम्पनीहरुको मूल्य पनि घटेर निकै तल आईसकेको छ। 

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको पूँजी ४ अर्ब ३ करोड रुपैयाँ रहेको छ। तोकिएको ५ अर्ब पूँजी पुर्याउन नेशनलले  करिब २५% बोनस वा हकप्रद जारी गर्नुपर्ने हुन्छ। कम्पनीको आम्दानी राम्रो रहेको र रिजर्भमा पनि पर्याप्त रकम रहेको हुँदा कम्पनीले बोनस सेयर वितरण गरेरै ५ अर्ब पुँजी पुर्याउन सक्ने सम्भावना उच्च छ। हरेक वर्ष आकर्षक लाभांश बाँडेको कम्पनीले आर्थिक वर्ष ०७६/०७७ मा १९% बोनस सेयर र सो को कर तिर्न लाग्ने १% नगद लाभांश वितरण गरेको थियो।  
अधिकांश आर्थिक वर्षमा नेशनल लाईफले २५% भन्दा बढी नै लाभांश दिएको देखिन्छ।  

प्राविधिक रुपमा हेर्दा कस्तो छ ?

नेशनल लाईफको डेली चार्टमा आज बनेको क्यान्डललाई स्पिनिङ्ग टप क्यान्डल भनिन्छ। यो क्यान्डलले सेयर खरिद गर्ने र बिक्रि गर्नेहरुको चाप बराबर रहेको देखाउँछ। यदि भोलिको कारोबारमा नेशनल लाईफको सेयरमूल्य ५७० भन्दा माथि क्लोज हुन सफल भएमा यसको सेयरमूल्य अझै माथि जाने सम्भावना निकै उच्च रहन्छ। 

भोलुम:

विगत १ सातादेखि नेशनल लाईफको कारोबार बढ्दो क्रममा देखिएको छ। विगत ४ कारोबार दिनदेखि सेयर मूल्य बढ्दै जाँदा कारोबारको भोलुम समेत बढ्दै जानुले लगानीकर्ताहरु कम्पनीको सेयरप्रति आकर्षित भएको पुष्टि गरेको छ। सेयरमूल्य बढ्दै जाँदा कारोबार रकम समेत बढ्नुले सेयरमूल्य अझै बढ्ने संकेत गर्दछ।  

बुलिंगर ब्याण्ड:

५५५ को लेभलमा बुलिंगर ब्याण्डको मिडल ब्याण्ड रहेको छ। सोहि लेभलबाट डाउन ट्रेन्डलाइन समेत ब्रेक हुने हुँदा ५५५ को लेभल ब्रेक गर्दै सेयरमूल्य माथि गएको खण्डमा यसको मूल्य अझै बढ्ने देखिन्छ।  

टार्गेट र स्टपलसका बिन्दुहरु 

५७१ को बिन्दु ब्रेक गरेर माथि गएको खण्डमा ६३० को पहिलो टार्गेट हुनेछ भने ७५० को दोश्रो टार्गेट हुनेछ। ५२० भन्दा तल मूल्य खस्न थाल्यो भने स्टपलस गर्नुपर्ने देखिन्छ। 

62bae8df15009.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको