Like us!
Follow us!
Connect us!
Watch us!

एकदिनमा ९ अर्बले बढ्यो निक्षेप संकलन, ओरालो लाग्दै सिडी रेसियो

अर्थ संसार

विहीबार, १६ असार २०७९, ०६ : २४ मा प्रकाशित

एकदिनमा ९ अर्बले बढ्यो निक्षेप संकलन, ओरालो लाग्दै सिडी रेसियो

बैंकहरूको निक्षेप संकलन ९ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार असार १४ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असार १३ गते, सोमबारसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ८८ अर्ब रूपैयाँ रहेको थियो । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ७ अर्बले बढेर ४४ खर्ब १० अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी पनि एक अर्बले बढेर ४१ खर्ब ७७ अर्ब रूपैयाँमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब ७ अर्बमा पुगेको छ ।

बैंकहरूको औसत कर्जा(निक्षेप अनुपात (सीडी रेसियो) ८९.२६ प्रतिशतबाट घटेर ८९.१४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

62bcf0e82ef2e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको