Like us!
Follow us!
Connect us!
Watch us!
मौद्रिक नीति

सुझाव दिन आग्रह गर्दै गभर्नरले भने-‘चार्टर्ड एकाउण्टेण्टका सुझाव कार्यान्वयन गर्न सहज हुन्छ’

अर्थ संसार

विहीबार, १६ असार २०७९, ०७ : ०० मा प्रकाशित

सुझाव दिन आग्रह गर्दै गभर्नरले भने-‘चार्टर्ड एकाउण्टेण्टका सुझाव कार्यान्वयन गर्न सहज हुन्छ’

नेपाल चार्टर्ड एकाउण्टण्ट्स संघको नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार राजधानीस्थित नक्सालमा एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीनै तहका पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन ।

कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्या भएमा त्यसमा छलफल तथा समाधानको प्रयासमा चार्टर्ड एकाउण्टण्ट्स संघ तयार रहने बताएका छन् ।

उनले भने “चार्टर्ड एकउण्टेण्ट्हरु विभिन्न संघसंस्थाहरुको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आइरहनुभएको छ । सरकारी तथा स्थानीय निकायमा समेत चार्टर्ड एकउण्टेण्ट्हरुको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता, जबाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्नेमा म विश्वस्त छु ।”

नवनिर्वाचित केन्द्रिय कार्यसमितिको  अध्यक्षमा दिपक पाण्डे, उपाध्यक्षमा सुशिल घिमिरे,  महासचिवमा प्रदिप सिग्देल , प्रदेश नं १ प्रमुखमा मनोज अधिकारी, मधेश प्रदेश प्रमुखमा अरविन्द कुमार खेतान , बाग्मति प्रदेश प्रमुखमा निशान पौडेल, गण्डकी प्रदेश प्रमुखमा सागर लामिछाने , लुम्विनी प्रदेश प्रमुखमा प्रेम भुर्तेल, कर्णाली प्रदेश प्रमुख मा छविलाल आचार्य , सुदुर पश्चिम प्रदेश प्रमुखमा लोकेन्द्र ऐयर , उपत्यका विशेष प्रमुखमा टिकाराम कार्की, कोषाध्यक्षमा  बर्षा वराल सहित सदस्यहरुमा अस्मिता त्रिपाठी,  पृथ्वी पुन मगर, सुजन सुबेदी, विवेक राम भण्डारी,  शंकर अर्याल, मिसन महत निर्वाचित भएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको नीति निर्माण तथा आर्थिक समस्याको विषयमा चार्टर्ड अकाउण्टेण्टको सुझावले झुट्टै महत्त्व राख्ने बताएका छन् । उनले भने “हामी विभिन्न पक्षसँग सल्ला सुझाव लिइरहेका हुन्छौँ । त्यसमा पनि चार्टर्ड एकाउण्टेण्टकाको सुझाव व्यवहारिक हुन्छ, नीति बनाउन र कार्यान्वयन गर्न सहज हुन्छ । तपाईहरु कार्यक्रम बनाउनुहोस् हाम्रो साथ तपाईँहरूलाई सधै रहने छ ।”

62bcf9981b2a9.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको